पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाण्डु टुडे २०८२ असार २९ गते १२:३० मा प्रकाशित

काठमाण्डू, २९ असार– पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । उनको हिजो (शनिबार) साँझ हृदयाघातका कारण निधन भएको हो । शनिबार साँझ नर्भिक अस्पतालमा शर्माको निधन भएको पूर्वपत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् ।

उनी २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत १० गतेसम्म निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा रहेकी थिइन् । उनले लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी थिइन् ।

पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर समेत रहेकी थिइन् । शर्मासँग त्रिभुवन विश्वविद्यालयबाट एलएलएम, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम युनिभर्सिटी अफ हल, युकेइन इन्टरनेसनल बिजनेस लबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन, मिडिया, जनसम्पर्क, शिक्षा र विकास क्षेत्रसहित विभिन्न क्षेत्रमा काम गरेको ३५ वर्ष बढी अनुभव छ ।

शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षता समेत गरेकी थिइन्। उनको दाहसंस्कार आज गरिने जनाइएको छ । उनका दुई छोरी रहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us