लट्ठी टेकेर निर्वाचन आयोग पुगे सुवेदी

काठमाण्डु टुडे २०८२ असार २९ गते १२:२४ मा प्रकाशित

काठमाण्डू, २९ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई विधानविपरीत कारबाही गरेको भन्दै नेता नवराज सुवेदी निर्वाचन आयोगमा पुगेका छन ।

राप्रपा नेता सुवेदीले आफूलाई राप्रपाको अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै निर्वाचन आयोगमा उजुरी दिन पुगेका हुन । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक सुवेदी आइतबार आयोग पुगेका हुन् ।

यसअघि आन्दोलन परिचालन समिति घोषणा हुँदा उनले आफूले राप्रपाको जिम्मेवारी छाडेको बताएका थिए । तर, अहिले अध्यक्ष राजेन्द्र लिङ्देनले रोशन कार्कीलाई नयाँ अध्यक्ष नियुक्त गरेसँगै उनी आक्रोशित भएका हुन् ।

राप्रपाको इतर समूहको सहयोगमा उनी आइतबार लट्ठी टेकेर आयोग पुगे । बिहान ११ बजेपछि आयोग पुगेका उनीसँगै राप्रपाका महामन्त्री धवलशमशेर राणालगायतका नेता कार्यकर्ताको पनि सहभागिता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us