पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डु टुडे २०८२ असार २८ गते ६:५३ मा प्रकाशित

काठमाण्डू, २८ असार– देशभर मनसुनजन्य प्रणालीको प्रभाव देखापरेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वी भागमा सामान्य स्थितिमा रहेकामा पश्चिमतिर भने सामान्यभन्दा उत्तरतिर सरेको छ ।

शनिबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा छिटपुट वर्षा देखिएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

साँझपख बागमती, गण्डकी, सुदूरपश्चिम लगायत पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, यीमध्ये केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने अनुमान गरिएको छ ।

रातिको समयमा कोसी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहितको वर्षा हुन सक्नेछ । बाँकी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना छ ।

साथै, कोसी, मधेस र बागमतीका एक-दुई स्थानमा राति भारी वर्षा हुन सक्ने आकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भेगहरूमा पनि रातिको समयमा वर्षा वा हिमपात सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us