
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धमा बहादुरी देखाएको बताएका छन । हिजो (बुधबार) नेदरल्याण्ड्समा भएको नाटो सम्मेलनमा बोल्दै उनले इरानले बहादुरीका साथ लडेको प्रतिक्रिया दिएका हुन ।
ट्रम्पले इरान तेलको व्यापार गरिरहेकोले आफूले चाहे त्यसलाई रोक्न सक्ने भए पनि त्यसो नगर्ने घोषणा गरे । ट्रम्पलाई इरानमाथिको प्रतिबन्ध हटाउने बारे सोच्नुभएको हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यदि उनीहरू तेल बेच्न चाहन्छन् भने तेल बेच्न सक्छन् ।
उनीहरूलाई आफ्नो देश पुनर्निर्माण गर्न पैसा आवश्यक छ ।’ उनले थपे, ‘यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने त्यसमा मलाई कुनै आपत्ति छैन।’ ट्रम्पले इरान र अमेरिकाबीच अर्को हप्तामा वार्ता हुने दाबी समेत गरेका छन ।
‘हामी कुनै सहमति गर्न सक्छौं । तर म अहिले निश्चित छैन। त्यो जरुरी पनि छैन । उनीहरूले अहिले युद्ध लडे र अब आफ्नो संसारमा फर्किएका छन्,’ ट्रम्पले भने ।
अन्त्यमा उनले थपे, ‘मैले पहिले नै भनेको थिएँ, इरानसँग परमाणु हतियार हुन सक्दैन। ती अब समाप्त भइसकेका छन्। हामीले तिनलाई नष्ट गरिदिएका छौँ ।’