संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध जारी

काठमाण्डु टुडे २०८२ असार १ गते १३:०४ मा प्रकाशित

काठमाण्डू, १ असार– नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभाको बैठक सरु भएको छ । आज (आइतबार) बिहान ११ः०० बजेको लागि बोलाइएको संसद बैठक झण्डै दुई घण्टा ढिलागरी सुरु भएको हो ।

आज बसेको संसद बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अवरोध कायमै राखेका छन ।

२० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर विपक्षी दलहरू रास्वपा र राप्रपाले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us