माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ३१ गते २१:५६ मा प्रकाशित

विराटनगर, ३१ जेठ– मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार श्रीमान्‌श्रीमतीको मृत्यु भएको छ ।

स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उनको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिए ।

मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’  गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us