
काठमाण्डू, ३१ जेठ– कञ्चनपुरमा एक बालक मृत अवस्थामा भेटिएका छन । शुक्रवार साँझ भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलका १३ वर्षका सुदर्शन डगौरा घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
कच्ची भुइँतले र टिनको छाना भएको घरको आँगनमा मृत फेला परेका बालकको घटनाबारे हाल आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिएको छ ।