कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइनः सुमना श्रेष्ठ

काठमाण्डु टुडे २०८२ जेठ ३१ गते १३:५० मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने विषयमा बाह्य प्रेसर सह्य नहुने प्रतिक्रिया दिएकी छन ।

शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै श्रेष्ठले ऐन बनाउने विषयमा बाह्य प्रेसर तथा हस्तक्षेप सह्य नहुने उनले बताएकी हुन । सरकार नेपाल शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता सङ्घ संस्थाको दबाबमा परेको पनि उनले बताएकी छन ।

ऐन बनाउने जिम्मेवारी संसद्को भएको बताउँदै उनले त्यसका लागि सरकारलाई रुलिङ गर्न सभापतिसँग आग्रह समेत गरेकी छन । रास्वपा सांसद श्रेष्ठले प्रश्न गर्दै भनिन्, ‘अङ्ग्रेजीमा एउटा भनाइ छ– ‘डज द डग वाग द टेल, अर डज द टेल वाग द डग ? कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले चाहिँ कुकुर हल्लाउने ?

हामीले बनाउने हो कि सङ्घ सङ्गठनहरूले विधेयक बनाउने ?’ महासङ्घले पोलिटिक प्रेसर दिन्छ भने त्यो पार्टीले थेग्नुपर्ने र त्यसको असर सांसदलाई पार्न नहुने पनि उनले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us