गृहमन्त्री लेखकलाई स्वागत नेपालको चुनौतीः भिजिट भिसा प्रकरणमा संसद्को रोष्ट्रमबाट होइन, अदालतको कठघरामा जवाफ दिनुस

काठमाण्डु टुडे २०८२ जेठ ३१ गते १२:४१ मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा संसद्को रोष्ट्रमबाट होइन, अदालतको कठघरामा जवाफ दिन चुनौती दिएका छन ।

गृहमन्त्री लेखकले हालै संसद्‌मा आफू भिजिट भिसा प्रकरणमा संलग्न नभएको बयान दिएपछि नेपालले सामाजिक सञ्जालमार्फत यस्तो चुनौती दिएका हुन ।

संयोजक नेपालले लेखेका छन्, ‘म अपराधी होइन भनेर बयान दिने ठाउँ संसदको रोष्ट्रम होइन, अदालतको कठघरा हो। अदालतमा स्वागत नेपालहरूले प्रश्न गर्छन् जनताको तर्फबाट, हिम्मत छ जवाफ दिनेरु छ भने आउनु, नआए कुनै दिन ल्याउने छन् चौखुर्याएर। रवि लामिछानेलाई के भन्थ्यौरु बिर्सियौ ?’

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीहरूको मिलेमतोमा नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा विदेश पठाउने कार्य भएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा विमानस्थलका अध्यागमन प्रमुखसहित पाँच जनामाथि अनुसन्धान गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us