
एजेन्सी– भारतको गुजरात राज्यस्थित अहमदाबादमा बिहीबार दुर्घटनाग्रस्त भएको एयर इन्डियाको जहाजको ब्ल्याक बक्स फेला परेको छ ।
अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो लण्डनका लागि उडेको जहाज दुई मिनेटमै
मेघनीनगरको आवासीय क्षेत्रमा रहेको बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने होस्टेलमा बजारिएर दुर्घटना भएको थियो ।
दुर्घटनाको २८ घण्टापछि शुक्रबार अपराह्न दुर्घटनास्थलबाट जहाजको दुईवटा ब्ल्याक बक्स भेटिएको अधिकारीहरुले बताएका छन् ।
ब्ल्याक्स बक्स भेटिएसँगै जहाज दुर्घटनाको कारणबारे अनुसन्धान हुने बताइएको छ । ब्लाक्याक्स बक्समा दुर्घटनाअघि ककपिटमा पाइलट र टावरबीचको संवाद रेकर्ड भएको हुन्छ ।
जहाजको प्राविधिक विवरण पनि ब्ल्याक्स बक्समै रेकर्ड भएको हुन्छ । दुर्घटनामा चालक दलका १० सदस्य र सय ३१ यात्रु गरी २ सय ४१ जना तथा होस्टेलमा रहेका १९ जनाको ज्यान गएको थियो ।
जहाजका एक यात्रु बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश मात्र जीवितै भेटिएका छन् ।