
काठमाण्डू, ३१ जेठ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताएका छन् ।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक कार्यक्रममा उनले प्रधानमन्त्री र मन्त्रीहरु पूरा देशको नभइ आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाएका हुन् ।
ु‘अरु देशमा प्रधानमन्त्री देशको हुन्छ । हाम्रोमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ । आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ । सबै स्रोत,साधन त्यहीँ पुर्याउँछ । त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ । कतिपय सांसद त घरको न घाटको हुन्छन्’, उनले भने।
अध्यक्ष यादवले पूरै देशको प्रधानमन्त्री र पूरै देशको संसद हुने स्थिति नबनाएसम्म स्थिरता नहुने बताए ।
उनले राजनीतिक स्थिरता नभर्इ विकास नहुने पनि बताए ।
न्युज एजेन्सी नेपाल