
एजेन्सी– इरानले अमेरिका, बेलायत र फ्रान्सलाई सैन्य आक्रमणको धम्की दिएको छ ।
इरानले ती मुलुकलाई चेतावनी दिँदै भनेको छ कि यदि ती देशहरूले इरानको इसराइल विरोधी सैन्य गतिविधि रोक्न प्रयास गरे वा इजरायललाई सहयोग गरेको अवस्थामा उनीहरूका सैन्य अड्डामा आक्रमण गरिनेछ ।
यसले तनावमा थप वृद्धि गरिरहेको छ, जबकि इरानले शनिबार इजरायलमाथि मिजाइल र रकेट प्रहार जारी राखेको छ ।
शुक्रबार इरानले इसराइलमाथि प्रहार गरेको ड्रोन अमेरिकाले खसालेको बताएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई लक्षित गरी इरानबाट भएका हमलालाई अमेरेकी एयर डिफेन्स सिस्टमले नष्ट पारेको बताएका थिए ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि इसराइललाई इरानी हमलाबाट जोगाउन प्रतिरक्षामा उत्रिने घोषणा गरेका छन् ।
इरानले बिहीबार भएको इजरायली हमलाको जवाफमा शुक्रबार राति जेरूसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरैको थियो ।
त्यस क्रममा एक महिलाको ज्यान गएको र अरु कयौं घाइते भएको अधिकारीहरुले बताएका छन् । आक्रमणका कारण ती दुवै सहरमा ठूला अपार्टमेन्टहरुमा आगलागी भएको दृष्यहरु टेलिभिजनहरुले प्रसारित गरेका छन् ।
इरानले शुक्रबार राति इजरायलमाथि ड्रोन आक्रमण गरेको थियो । जसलाई अमेरिकी एयर डिफेन्स सिस्टमले नष्ट गरेको बताइएको छ । यसले अमेरिकी, बेलायती र फ्रान्सेली अधिकारीहरूलाई प्रतिक्रिया दिन बाध्य बनाएको छ ।
इजरायलले इरानमाथि गरेको हमलामा इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख र अन्य वरिष्ठ सैनिक अधिकारीहरू मारिएका छन् । यस्तै कम्तिमा ८ जना इरानी आणबिक हतियारसम्बन्धी वैज्ञानिक पनि मारिएका छन् ।
यसले इरानको सैन्य संरचनामा ठूलो क्षति पुर्याएको छ । युद्धको प्रभावले इरान र इराइयलसँग जोडिएका अन्य देशहरू समेत सचेत भएका छन् । यो युद्धले मध्यपूर्वको तरल राजनीतिक परिप्रेक्ष्यमा नयाँ चुनौती थपिन सक्ने आंकलन गरिएको छ ।