बनाउँदा बनाउँदै भाँचियो पुल, तीन मजदुरको मृत्यु

काठमाण्डु टुडे २०८२ असार १ गते ८:३५ मा प्रकाशित

काठमाण्डू, १ असार– ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा निर्माणधीन बेलिब्रिज भाचिँदा तीन मजदुरको मृत्यु भएको छ ।

संखुवासभा प्रहरी प्रमुख कौशल बुढाथोकीले शनिबार निर्माणाधीन पुल भाचिँदा त्यहाँ कार्यरत तीन मजदुरले ज्यान गुमाएको बताए । उनका अनुसार ६ मजदुर घाइते भएका थिए ।

ती सबैललाई उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज पु-याइएकामा तीन जनालाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा बारा उपमहानगरपालिक–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी छन् ।

गत वर्षको बाढीले हेवा खोलाको पुल बगाएपछि मर्मत जारी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us