ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ३० गते १३:१९ मा प्रकाशित

काठमाण्डू, ३० जेठ– पर्साको वीरगञ्जमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका २३ वर्षीय विजय यादव रहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

शुक्रबार बिहान वीरगन्ज महानगरपालिकाको सिताराम चोकमा भएको दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का २२ वर्षीय युवक विजय कुमार यादव घाइते छन् । बा प्र ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको पछाडि ठोक्किएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us