भिजिट भिसा प्रकरण: गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठनका लागि सत्तापक्ष तयार

काठमाण्डु टुडे २०८२ जेठ २९ गते १८:५० मा प्रकाशित

काठमाण्डू, २९ जेठ- भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभामा जारी गतिरोध समाधान हुने दिशातर्फ अग्रसर भएको छ । प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुने गरी समिति बनाउन दबाब दिँदै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

बिहीबार संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रका सांसद् माधव सापकोटाले भिजिट भिसामार्फत हुँदै आएको मानव तस्करी प्रकरण छानबिनका लागि अध्ययन तथा छानबिन समिति गठनका लागि सत्तारुढ काँग्रेस र एमाले सहमत भएका छन् ।

प्रचण्ड र काँग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच छानबिन समितिबारे सैद्धान्तिक सहमति भएको हो । अहिले सत्तापक्ष र प्रतिपक्षी दलहरुको बैठक बसिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us