एयर इण्डियाको दुर्घटनाग्रस्त जहाजमा ५२ बेलायती नागरिक रहेको पुष्टि

काठमाण्डु टुडे २०८२ जेठ २९ गते १५:५२ मा प्रकाशित

एजेन्सी- छिमेकी देश भारतको अहमदाबादमा दुर्घटना भएको एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको भारतीय सञ्चारमाध्यम हरुले जनाएका छन ।

एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो । उक्त जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us