एक साताभित्र देशभर मनसुन सक्रिय हुने

काठमाण्डु टुडे २०८२ जेठ २९ गते १४:१६ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– आगामी एक साताभित्र देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जानकारी दिएको छ ।

अहिले कोशी प्रदेश वरपर नै मनसुन सक्रिय रहेको र त्यो प्रक्रिया सर्ने क्रममा रहेको विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेल जानकारी दिएकी छन । उनले भनिन्, ‘हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ ।

अब छिट्टै एक हप्ताभित्र नै नेपालमा मनसुन सक्रिय हुने देखिन्छ, ‘मनसुनी वायु कोशी प्रदेशसम्म मात्रै छ । तर, मनसुन आउनका लागि अनुकूल वातावरण बन्दैछ । अब एक हप्तासम्म मनसुन प्रोगेसको अवस्था देखिन्छ ।’

केहि दिन सवै प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना देखिएको उनले बताइन् । कँडेलले यस वर्ष देशभर बर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको पनि उनले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us