अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाण्डु टुडे २०८२ जेठ २९ गते १३:२३ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– काठमाण्डूको कीर्तिपुरमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जारी छ । अखिलको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ ।

कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि केहीबेरअघि सुरु भएको थियो । जारी मतदानमा यो समाचार तयार पार्दा सम्म ४०० मत खसेको एक नेताले जानकारी दिए ।

हिजै साँझ उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले बिहानै मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो । ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us