
काठमाण्डू, २८ जेठ– त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लोकेश कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिएका छन ।
उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो ।
सोही घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरीएको बोहराले जानकारी दिए । यसअघि परिसरकै टोलीले भक्तपुरबाट दिक्पाल कार्कीलाई पनि पक्राउ गरेको थियो । तोडफोड घटनामा अहिलेसम्म पक्राउ पर्नेको संख्या दुई पुगेको छ ।