बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध

काठमाण्डु टुडे २०८२ जेठ २८ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– काठमाण्डूको कीर्तिपुरमा जारी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा बिहानी पंगेनी सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।

काठमाण्डूको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औं राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि पंगेनी निर्विरोध भएकी हुन् ।

बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन् । अनेरास्ववियुको जारी महाधिवेशनमा पदाधिकारीसहित अन्य पदमा सर्वसम्मत गराउने कोसिस जारी छ । ९ पदाधिकारी, ४९ सचिवालय र १५१ सदस्य केन्द्रीय कमिटीमा ५२१ जनाको उम्मेदवारी परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us