काठमाण्डूका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०८२ जेठ २८ गते १६:२४ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– काठमाण्डू महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us