बिहीबारसम्मका लागि संसद बैठक स्थगित

काठमाण्डु टुडे २०८२ जेठ २८ गते १६:२० मा प्रकाशित

काठमाण्डू, २८ जेठ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलहरुका संसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक भोली सम्मको लागि स्थगित गरीएको छ ।

अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । सभामुख घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।

तर सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेनन् ।

बरु उल्टै प्रतिपक्षी सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले विहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us