प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ २८ गते १३:१९ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले पक्राउ गरेको हो । हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप खुलेको पनि प्रहरीले जानएको छ ।

पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत काठमाण्डूबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले जानकारी दिएका छन ।

पक्राउ परेकामध्ये ज्ञानु २० फागुन २०७० मा हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ ।

यसअघि १६ वैशाख २०७० मा परिसर काठमाण्डूबाटै सार्वजनिक अपराधमा र ५ कात्तिक २०६७ मा जुवासम्बन्धी कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us