नागार्जुनबाट जुवातास खेल्दै गरेका ८ जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ २७ गते १५:४७ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा नागार्जुनबाट आठ जनालाई पक्राउ गरेको छ । काठमाण्डूको नागार्जुन नगरपालिका–४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका–८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठाबाट आठ जनालाई प्रहरीले जानकारी दिएको छ ।

थापासहित आठ जनालाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद १ लाख १० हजार ६ सय ३० रूपैयाँ र २७ बुक तास बरामद गरीएको र आवाश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us