गोकर्णेश्वरमा एक पुरुष मृत फेला

काठमाण्डु टुडे २०८२ जेठ २७ गते १५:४० मा प्रकाशित

काठमाण्डू, २७ जेठ– काठमाण्डूको गोकर्णेश्‍वर नगरपालिका–१ चिलाउनेमा एक पुरुष मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका ६१ वर्षीय सानुमान तामाङ प्रहरीले जनाएको छ ।

उनी सोमबार मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी आफ्नै भान्जा चिलाउने बस्ने ४८ वर्षीय आइतराम तामाङको घरमा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु कारण भने यकिन भइनसकेको र आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us