सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाण्डु टुडे २०८२ जेठ १७ गते २०:४६ मा प्रकाशित

काठमाण्डू, १७ जेठ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले शनिबार विज्ञप्ति जारी गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी) ले शनिबार पठाएको नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियमको मूल्य बढाएको हो ।
निगमका अनुसार नयाँ मूल्य आइतबार बिहान एक बजेबाट लागू हुनेछ ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल र मट्टीतेलमा एक रूपैयाँ मूल्य बढेको छ । हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिकिलोलिटरमा तीन रूपैयाँ र बाह्यतर्फ काठमाण्डूका लागि प्रति किलोलिटर २२ अमेरिकी डलर घटेको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलितर १ सय ५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ४० रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोललाई प्रतिलिटर १ सय ५८ रूपैयाँ र डिजेल तथा मट्टीतेललाई प्रतिलिटर १ सय ४२ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गमा पर्ने काठमाण्डू, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १ सय ५९ रूपैयाँ तथा डिजेल(मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४३ रूपैयाँ कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फको नयाँ भाउ लिटरको १ सय १८ रूपैयाँ छ । बाह्यतर्फ किलोलिटरको काठमाण्डूमा ९०१ अमेरिकी डलर, पोखरामा ७ सय २१ अमेरिकी डलर र भैरहवामा ७ सय ६ अमेरिकी डलर पर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us