ईभीमा कर नबढाउने निर्णय गरेर सही काम गरेँः अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारी साधनको कर नबढाएर ठिक निणर्य गरेको अनुभूति भएको प्रतिक्रिया दिएका छन ।

हिजो (बिहीबार) संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आज (शुक्रबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले भने– ‘ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ । कर बढेन पनि ।’

उनले ईभी सवारी साधनको प्रयोगलाई वृद्धि गर्नेको लागि स्थिर नीतिको आवश्यक रहेको पनि बताएका छन । अर्थमन्त्री पौडेलले ईभीमा कर वृद्धि हुने भन्दै बजेटअघि ईभी सवारी साधनको आयात धेरै भएको थियो ।

तर व्यवसायीको सोच भन्दा फरक गरी ईभी सवारीको करलाई सरकारले यथावत् राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us