नेपालीलाई विदेशमा लगानी गर्ने बाटो खुलाइयो

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी खुला गर्ने नीति अख्तियार गरिने घोषणा गरेको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलले यसका लागि कानूनी प्रबन्ध गरिने बताए । नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा र प्रशोधन शाखा खोल्नसमेत अनुमति दिइने नीति सरकारले लिएको छ ।

यस्तै नीति अबलम्बन गरी नेपाली उद्यमीले निर्यातबाट प्राप्त गर्ने २५ प्रतिशतसम्म आम्दानी विदेशमा लगानी गर्नसक्ने छन् ।

तर, विदेशमा गरिने व्यापार व्यवसायबाट हुने आम्दानीको ५० प्रतिशत स्वदेशमै फिर्ता ल्याउनुपर्ने सर्त सरकारले राखेको छ । विदेशमा हुने लगानीका लागि अनुमति र नियमन लगानी बोर्डले गर्ने व्यवस्था मिलाइने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us