काठमाण्डूका उद्योगलाई बाहिर सारिने

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले काठमाण्डू उपत्यकाभित्रका उद्योगलाई उपत्यकाबाहिर सार्ने घोषणा गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

पौडेलले यसका लागि प्रोत्साहनको नीति लिइने बताए । उपत्यकामा रहेका उद्योग बाहिर सार्न उद्योगलाई भाडामा वा निःशुल्क जग्गा उपलब्ध गराउने समेत घोषणा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us