
काठमाण्डू १५ जेठ– देशभरका करिब २० लाख ७९ हजार ४ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन । आर्थिक सर्वेक्षण ०८१–८२ प्रतिवेदन अनुसार फागुन २०८१ सम्म उक्त संख्यामा श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन् ।
यस अवधिमा औपचारिक क्षेत्रका ५ लाख ६८ हजार १ सय ८८, वैदेशिक रोजगारीमा रहेका १५ लाख १० हजार ६३, अनौपचारिक क्षेत्रमा ४ सय ४६ र स्वरोजगार ३ सय ७ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन् । यो अवधिमा २० हजार २ सय ४४ रोजगारदाता सूचिकृत भएका छन् ।