श्रोतको दबाबबीच सरकारले आज बजेट ल्याउँदै

काठमाण्डु टुडे २०८२ जेठ १५ गते ७:५९ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दैछ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संविधानको धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था गरेको छ । श्रोतको दबाबबीच अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना अयाोगले निर्धारण गरेको १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।

बजेटमा योजना बैंकमा नपरेका तीन करोडभन्दा साना आयोजना समावेश नगर्ने, नयाँ आयोजना नथप्ने मन्त्रालयले जनाएको छ । यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको समितिले दिएका सुझावका आधारमा सामाजिक सुरक्षा भत्ता पाउनेहरुको उमेर ६८ बाट बढाएर ७० कायम गरिनेछ ।

सामाजिक सुरक्षामा बढ्दो दायित्व नियन्त्रणका लागि उमेर हद दुई वर्ष बढाउन समितिले सिफारिस गरेको थियो । यो वर्षको बजेटमा कर्मचारीको तलब छ ।

अर्थमन्त्रीले बजेट वक्तव्य सार्वजनिक गर्नुपूर्व संसद्मा चालु आवको आर्थिक सर्वेक्षण पनि पेस गर्ने कार्यक्रम छ । बजेट वक्तव्यसँगै अर्थमन्त्रीले विनियोजन विधेयक, अर्थसम्बन्धी विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पेस गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us