‘पीएसओ फिर्ता होइन, नियमित ब्रिफिङका लागि बोलाइएको हो’

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १५:३९ मा प्रकाशित

काठमाण्डू १४ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन सांसदको पर्सनल सेक्युरेटी अफिसर ९पीएसओ० फिर्ता नगरिएको दाबी प्रहरीले जनाएको छ । नियमिति हुने ब्रिफिङका लागि पीएसओलाई हेडक्वाटर बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी उच्च स्रोतले भन्यो, ‘पीएसओ फिर्ता होइन, उहाँहरूले भोलि प्रदर्शन गर्ने भन्नु भएको छ । सुरक्षा अवस्था के–कस्तो छ बुझ्नुपर्ने हुन्छ । सुरक्षा संवेदनशीलतालाई ध्यान राख्दै ब्रिफिङका लागि बोलाएका हौं ।’

यता राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने आफूलगायत सांसद ध्रुबबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले खोसेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us