पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १५:१५ मा प्रकाशित

काठमाण्डू १४ जेठ– गृहमन्त्री रमेश लेखकले भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी रहेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । तर विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी रहेको छ ।

गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिएका छन् । तर विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् । ‘सकेसम्म संसद् अवरोध हटाएर त्यही सम्बोधन गर्ने तयारी छ’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘अवरोध नहटे पत्रकार सम्मेलन हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us