संसद्‌मा बजेट प्रस्तुत गर्न दिन्छौंः रास्वपा

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १४:२३ मा प्रकाशित

काठमाण्डू १४ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् ।

‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने । रास्वपा सहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् ।

तर संवैधानिक व्यवस्था बमोजिम भोलि ९१५ जेठमा० प्रस्तुत हुनुपर्ने आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत हुन दिने रास्वपा नेता झाले बताए । उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको माग नरहेको पनि बताएका छन । ‘गृहमनत्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us