सरकारले गर्यो राप्रपाका तीन सांसदको पीएसओ फिर्ता

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १४:१९ मा प्रकाशित

काठमाण्डू १४ जेठ– सरकारले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता गरेको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका स्वकीय सचिवले तीन जना सांसदहरुको पीएसओ फिर्ता बोलाएको जानकारी दिएको छ ।

उनले भने, ‘ प्रमुख सचेतक ज्‍यू, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंह पीएसओ फिर्ता भएको छ । यसै विषयमा उहाँहरू अहिले बैठक बसिरहनु भएको छ ।’

शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us