भिजिट भिसा प्रकरणः गृहमन्त्री लेखकको राजीनामा मागे उपसभामुखको राजीनामा माग्न कांग्रेसलाई दबाब

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १३:५५ मा प्रकाशित

काठमाण्डू १४ जेठ– भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखे उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्न सत्ता घटक दल कांग्रेसले दबाब बढाएको छ ।

विपक्षी दलहरुले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्री लेखकमाथि लागेपछि यस अगाडि नै मानव तस्करीमा मुछिएको भन्दै उपसभामुखको राजीनामा माग गर्नुपर्ने अडान राख्न कांग्रेसलाई दबाब बढेको हो। विपक्षीले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्रीमाथि लागेको छ ।

यसैगरी गृह मन्त्रालयको आडमा मुलुकमा मानव तस्करी भइरहेको उनीहरुको दाबी छ । यसै प्रकरणमा अध्यागमनका विमानस्थल प्रमुख तीर्थ भट्टराई लगायतलाई नियन्त्रणमा लिएर अख्तियारले सोधपुछ गरिरहेको छ । रास्वपा, माओवादी केन्द्र र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेपछि रास्वपाबाट उपसभामुख बनेकी राना पनि विवादमा मुछिएकाले उनले पनि राजीनामा दिनुपर्ने कुरा सतहमा आएको छ ।

यस अगाडि उपसभामुखले गैर सांसदलाई अमेरिका जान लागेका लागि भिसाका डेट चाँडो राखिदिन अमेरिकी दूतावासलाई पत्राचार गरेको थिइन् ।

०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७ औं सत्रमा भाग लिन जाने क्रममा उपसभामुखले असम्बन्धित व्यक्तिका लागि दूतावासमा पत्र लेखेकी थिइन्। जसमा ४ जना पुरुष र एकजना महिला थिए । यी पाँचैजना यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीच भेटमा पनि यो विषयमा कुराकानी भउको स्रोतले जानकारी दिएको छ । बिहीबार सरकारले आ.व ०८२–८३ को बजेट ल्याउँदैछ ।

जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएको र त्यस अगाडि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले .आव २०८१–८२ को आर्थिक सर्वेक्षण पेश गर्ने पर्ने भएकाले सरकारलाई अफठ्यारो पर्ने भएपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु छलफलमा जुटेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us