
काठमाण्डू १४ जेठ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको बिषय पुनः उठाएका छन ।
प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् ।
सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् । सभामुखले बसेर बैठक सञ्चालनमा सघाउन पटकपटक आग्रह गरेका थिए ।
तर प्रतिपक्षी दलहरुले अवरोध कायमै राखेपछि आजै आधा घण्टापछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थिगित गरिएको छ ।