प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १३:१४ मा प्रकाशित

काठमाण्डू १४ जेठ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगैत संसदमा प्रतिपक्षी दलहरुले अवरोध जनाएका छन । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।

बैठकअघि सत्तापक्षका प्रमुख दल एमाले र कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए । बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।

त्यसपछि आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका हुन । सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । मंगलबार पनि विपषी दलका सांसदले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us