जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाईओभर पूरा हुन्छः मन्त्री दाहाल

काठमाण्डु टुडे २०८२ जेठ ११ गते १२:३५ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– भौतीक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाण्डूको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने दाबी गरेका छन । जेठ भरिमा पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने उनले बताएका छन ।

आज (आइतबार) बिहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा भौतीकमन्त्री दाहालले यस्तो बताएका हुन । उनले निर्माणका बाँकी कामहरू चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन । उनले भने, ‘अब पनि ढिलाइ गर्ने छुट छैन, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्य सम्ममा गाडी चल्नु पर्छ ।

यो एउटा प्रतीक्षाको आयोजना पनि हो ।’ फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो । फ्लाई ओभरमा ट्राफिक लाईट जडानको कार्य पनि हुने छ ।

अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केहि प्राविधिक समस्या देखिएका समस्या भएको र त्यो समस्या समाधान गरी सकेको समेत बताएका छन ।

यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्त्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको पनि बताएका छन ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रेको काम भई रहेको छ । आशिष समानान्तर रेलिगेर जेभी काठमाण्डूले फ्लाई ओभर निर्माणको काम गरी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us