
काठमाण्डू, जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेल बन्दी प्रत्यक्षीकरणको फैसला सुन्न सर्वोच्च अदालत पुगेकी छन् ।
लामिछानेका सहयोगी दीपक बोहरासहित पौडेल सर्वोच्च पुगेकी हुन् ।
पौडेलले आफ्ना पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा लामिछाने उच्च अदालतको आदेशमा रुपन्देशी कारागारमा थुनामा छन् ।
हेर्दाहेर्दैमा राखिएको उक्त रिटमा सुनुवाई सकिएपछि आजै फैसला आउने तयारी छ । लामिछाने रिहा हुने भन्दै खुसियाली मनाउन ठूलो संख्यामा रास्वपा कार्यकर्ताहरु आदेश नआउँदै सर्वोच्च अदालत परिसर र रुपन्देही कारागार अगाडि जम्मा भएका छन् ।