
काठमाण्डू, जेठ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् ।
अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसँग शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा छलफल गरेका हुन् ।
त्यस क्रममा वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवद्र्धन लगायत विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।