
काठमाण्डू, ७ जेठ– रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाण्डू ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।
उपचारका लागि सिमरा विमानस्थलबाट जहाजमा थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनका श्रीमान् जंग बहादुर चौधरीले जानकारी दिएका छन ।
जिल्ला प्रहरी परिसर, काठमाण्डू एसपी अपीलराज बोहराका अनुसार स्वास्थ्यमा समस्या देखिएकी राजकुमारीक जहाजमै बेहोस भएकी थिइन् । उपचारका लागि केएमसी अस्पताल पुर्याउँदा चिकित्सकले बाटोर्म मृत भएको घोषणा गरेको एसपी बोहराले जानकारी दिएका छन ।
उनको शव थप अनुसन्धानका लागि प्रहरीको टोलीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगीएको पनि उनले जानकारी दिए ।