सार्कको सार्थकता सकियोः बीजेपी नेता जोली

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १६:०७ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भएको प्रतिक्रिया दिएका छन ।

नेपाल भ्रमणमा रहेका बीजेपी नेता जोलीले बुधबार काठमाण्डूमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । उनले यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् ।

सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको आरोप समेत उनले लगाएका छन । जोलीले नेपाल–भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने बताए ।

नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध बाहेक सैनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले उल्लेख गरे । नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा भारत सदैव रहेको उल्लेख गर्दै उनले नेपालभित्रका सबै विषयको निर्णय लिने अधिकार नेपाली जनतालाई रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us