
पोखरा, ६ जेठ– पोखरामा मंगलबार भूकम्प गएको छ ।
दिउँसो १ बजेर ५९ मिनेटमा कास्कीको सिनुवा आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार पोखरामा भूकम्पको राम्रै धक्का महसुस गरिएको छ ।
यस्तै कास्कीसँग जोडिएका स्याङजा, पर्वत, लमजुङ र तनहुँलगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।