राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियोः अमरेशकुमार सिंह

काठमाण्डु टुडे २०८२ जेठ १ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, १ जेठ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन ।

दलीय भागबन्डामा गभर्नर बनाउनका लागि चलखेल भइरहेको र त्यसैका कारण नियुक्तिमा ढिलाइ भइरहेको आरोप लगाएका हुन । उनले गभर्नर नियुक्तिको चलखेललाई हेर्दा लाज पनि लजाएको बताए ।

उनले राजनीतिक दलको सदस्य गभर्नर नहुने भएकाले त्यहाँभित्रकै कोही विज्ञलाई गभर्नर बनाउन सुझाव दिएको छन । हरेक क्षेत्रमा राजनीतिक भागबण्डाका आधारमा हुने नियुक्तिलाई लगाम लगाउनुपर्ने उनले बताएका छन ।

उनले कार्यकर्तालाई नियुक्ति दिने परम्परा बनाएर राज्यका अङ्गहरू औचित्यहीन भएको पनि बताए । कायममुकायम गभर्नर निलम ढुङ्गानालाई गभर्नर नियुक्ति गर्न सरकारलाई उनले सुझाव दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us