
काठमाण्डू, २४ चैत– भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि हातपात भएको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको भन्दै तस्वीरसमेत सार्वजनिक गरेका छन् ।
उनका अनुसार ठगुन्नामाथि शनिबार राति आक्रमण भएको हो । अखिल क्रान्तिकारी नेता ठगुन्नाको चिउडो र आँखा नजिक चोट लागेको तस्बिरमा देख्न सकिन्छ ।
यता भक्तपुर प्रहरीले भने घटनाबारे जानकारी नभएको बताएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले घुटपिटबारे कुनै जानकारी प्रहरीमा नआएको जानकारी दिएका छन ।