अछाम, २६ फागुन–अछाममा सोमबार दिउँसो माटोको ढिस्कोले पुरिएर एकै घरका दुई महिलाको मृत्यु भएको छ ।
मंगलसेन नगरपालिका–८ सुतुडाका २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । देउरुपा जेठानी र बिनिता देउरानी हुन् ।
उनीहरु मंगलसेन–९ पान्लिभिडमा चैतेदसैंका लागि घर लिपपोत गर्न माटो लिन जाँदा ढिस्कोले पुरिएका अछाम प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।