प्रचण्डसँग भेटेपछि माधव नेपालः जनता निरंकुश राजतन्त्रको पक्षमा छैनन्

काठमाण्डु टुडे २०८१ फागुन २६ गते १९:१० मा प्रकाशित

काठमाण्डू, २६ फागुन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य नरहेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार सिंहदरबारमा भेटेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले इतिहासको रथ पछाडि फर्कन सम्भव नरहेको बताए ।

उनले राजाबाट कहिल्यै मुलुकको प्रगति र परिवर्तन सम्भव नहुने स्पष्ट गरे । ‘इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन,’ नेपालले भने ।

उनले जनताले २ सय ४० वर्षसम्म निरंकुश शासन व्यहोरोको भन्दै निरंकुशताको पक्षमा जनता नरहेको बताए ।
उनले दलहरुले गल्ती गरेको भए सच्चिन तयार हुनुपर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us