राजावादीको प्रदर्शनमा भारत संलग्न भए गम्भीर हुनुपर्छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन २६ गते १८:३३ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि भन्दै काठमाण्डूमा प्रदर्शन गर्ने भएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले काठमाण्डूमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले समाजवदाी मोर्चासहित विचार मिल्ने शक्तिहरुसँगको सहकार्यमा प्रदर्शन गर्ने निर्णय भएको बताए । प्रदर्शनको मिति मंगलबार पुनः बस्ने पदाधिकारी बैठकले तय गर्नेछ ।

बैठकमा राप्रपासहित राजावादी समूहहरुले आइतबार राजधानीमा गरेको प्रदर्शनबारे समेत समीक्षा भएको छ ।

सापकोटाका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र माओवादीले लडेर ल्याएकाले त्यसको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरुकै भएको बताए ।

राजावादीले प्रदर्शनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर प्रयोग भएकामा गम्भीर समीक्षा भएको अर्र्का एक नेताले बताए ।

प्रदर्शनमा भारतको संस्थागत संलग्नता रहेको भए त्यसलाई थप गम्भीर रुपमा लिनुपर्ने प्रचण्डको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us