काठमाण्डू, २६ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाण्डू महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।
राप्रपा सांसद् ज्ञानबहादुर शाहीले सोमबार महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई जरिवानाबापतक एक लाख रुपैयाँको चेक बुझाएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डु फर्कने क्रममा राप्रपासहित राजावादी समूहले उनको स्वागतमा आइतबार विमानस्थल बाहिर प्रदर्शन गरेको थियो ।
त्यस क्रममा जथाभावी फोहोर फालेको तथा रेलिङसहितका सडक संरचना र बोटबिरुवामा क्षति पु¥याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना लगाउने निर्णइ गरेको थियो ।
शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत जरिवाना बुझाएको तस्बिर पोष्ट गर्दै आफूहरु सुशासन र विधिको शासन मान्ने पार्टी भएको दाबी गरेका छन् ।